आज निको हुनेभन्दा कोरोना सङ्क्रमित धेरै
आज कोभिड-१९ बाट निको हुनेभन्दा सङ्क्रमितको सङ्ख्या धेरै छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, १७ हजार ८९ जनाको स्वाब परीक्षण गर्दा २९० जनामा सङ्क्रमण देखिएको छ। त्यसमध्ये १२ हजार ४७३ को पीसीआर परीक्षण गर्दा २५२ जनामा र ४ हजार ६१६ को एन्टिजेन परीक्षण गर्दा ३८ जनामा कोरोना देखिएको हो।
त्यस्तै, कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७७ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २३२ जना निको भएका छन्। अहिलेसम्म निको हुनेको सङ्ख्या पनि आठ लाख नौ हजार ३८७ पुगेको छ।
आज देशभर दुई लाख ४७ हजार ८१४ जनालाई कोरोनाको खोप लगाइएको छ। योसँगै पहिलो डोज लगाउनको सङ्ख्या एक करोड २२ लाख ५१ हजार १८३ पुगेको छ। त्यस्तै, अहिलेसम्म ९७ लाख ३७ हजार ३३३ जनाले पूर्ण खोप लगाएका छन्।