५६.७३ अङ्कले बढ्यो शेयर बजार, कारोबार रकम २ अर्ब ३८ करोडमा सीमित
मंगलबार शेयर बजार परिसूचक (नेप्से) ५६.७३ अंक (२.४१ प्रतिशत)ले बढेको छ।
२३६०.३३ बिन्दुबाट शुरू भएको परिसूचक क्रमशः उकालो लाग्दै २४१३.५४ बिन्दुमा पुगेर रोकिएको हो।
परिसूचकमा उल्लेख्य वृद्धि भए पनि कारोबार रकम भने २ अर्ब ३८ करोड ३२ लाखमा सीमित भएको छ। मंगलबार २२६ कम्पनीको ४९ लाख ७४ हजार कित्ता शेयर मात्र कारोबार भएको छ।
आज सबै उपसमूहको सूचक बढेको छ। ग्रीन डेभलपमेन्ट ब्यांकको शेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यसै गरी, जानकी फाइनान्स लिमिटेडको शेयर मूल्य ९.८१ र रसुवागढी जलविद्युत्को ९.२१ प्रतिशतले बढेको छ।
आज गोर्खाज् फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यसको शेयर मूल्य ८.८९ प्रतिशतले घटेको छ।