आइएमई लाइफ इन्स्योरेन्सको बिजनेस एक्सिलेन्स अवार्ड
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक रूपमा आयोजना गर्दै आएको बिजनेस एक्सिलेन्स अवार्ड, २०२१ सम्पन्न भएको छ।
कार्यक्रममा देशभिर रहेका २४ हजार ५०० अभिकर्तामध्ये गत आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट कार्य सम्पादन गरी आइएमई लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल भएकालाई सम्मान गरिएको थियो।
जसमध्ये २०० जना क्लब दाबेदार, ८ एजेन्सी मेनेजर, ३२ एमडीआरटीमा योग्य अभिकर्ता, अभिकर्ता, विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखा र कर्मचारी सम्मानित भएका छन्।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले यस्ता कार्यक्रमले व्यावसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए।