८० प्रतिशत मत पाएर डा. शशांक कोइराला जित नजिक
कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला खुलातर्फको केन्द्रीय सदस्यमा जित नजिक पुगेका छन्। अहिलेसम्म गणना गरिएकोमध्ये ८० प्रतिशत मत पाएका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अहिलेसम्म २९९३ मत गणना भएका छन्। जसमा उनले २४२४ मत पाएका छन्।
केन्द्रीय सदस्यका लागि ४६७२ मत खसेको निर्वाचन समितिले जनाएको छ। अब १६७९ मत गणना गर्न बाँकी छ।
खुलातर्फबाट ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। उनी ३६औं नम्बरमा रहेका मनोजमणि आचार्यभन्दा १३६९ मतले अगाडि छन्। आचार्यले १०५५ मत पाएका छन्।
त्यस्तै, दोस्रो नम्बरमा रहेका एनपी साउदले १८९६ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका बालकृष्ण खाँणले १८५१ र चौथो नम्बरमा रहेका उदय शम्शेर जबराले १७८२ मत पाएका छन्।
रमेश लेखक पाँचौ नम्बरमा छन्। उनले १७८२ मत पाएका छन्। १७ सयभन्दा बढी मत पाउनेमा लेखकपछि शंकर भण्डारीले १७७१, रामहरि खतिवडाले १७७०, ज्ञानेन्द्रबहादुर कार्कीले १७६४ र अर्जुन नरसिंह केसीले १७१० मत पाएका छन्।
त्यस्तै, १०औं नम्बरमा रहेका जिप छिरिङ लामाले १६७४ र एघारौं नम्बरमा रहेका गोपालमान श्रेष्ठले १६४६ मत पाएका छन्।
त्यसपछि आठ जनाबीच प्रतिस्पर्धा छ। १५ सयभन्दा बढी मत पाउने आठ जनामा जितजंड बस्नेतले १५९६, रामशरण महतले १५७७, नैनसिंह महरले १५७१, सुनिलबहादुर थापाले १५६६, दिलेन्द्रप्रसाद बडूले १५४८, बलबहादुर केसीले १५३८, गोविन्द भट्टराईले १५३४ र मोहनबहादुर बस्नेतले १५२४ मत पाएका छन्।
यसैगरी, दिपक गिरीले १४४८, कुन्दनराज काफ्लेले १४२६ र सुरेन्द्रराज पाण्डेले १४१० मत पाएका छन्। पद्मनारायण चौधरीले १३७७, गुरु बरालले १२२४ र सञ्जयकुमार गौतमले १२१९ मत पाएका छन्।
त्यसपछिका १० जनाबीच पनि प्रतिस्पर्धा छ। उनीहरूले ११ सयभन्दा बढी मत पाएका छन्। जसमा गोविन्दराज पोखरेलले ११९१? राजिव ढुंगानाले ११७८, मदनबहादुर अमात्यले ११५९, दिनेश कोइरालाले ११५३, गणेश लामाले ११३४, अजयबाबु सिवाकोटीले ११३३, मोहन आचार्यले ११२६, उमेशजंगा रायमाझीले १११९, गोपाल दहितले १११८ र कृष्णकिशोर घिमिरेले ११०० मत पाएका छन्।
खुला केन्द्रीय सदस्यका ९९ उम्मेदवारमा सबैभन्दा कम गणेशप्रसाद बिमलीले ८५ मत पाएका छन्। ९८औं नम्बरमा रहेका पुरुषोत्तम लामिछाने ९७ मत पाएका छन्।
सबै उम्मेदवारले पाएको मत: