कुन जिल्लाका विद्यार्थीलाई लगाइँदै छ मोडर्ना खोप?
कोरोनाभाइरस विरुद्धको मोडर्ना खोप आइतबारदेखि ५७ जिल्लाका विद्यार्थीलाई लगाइने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई खोप लगाइनेछ। ४ देखि १४ पुसमा मोडर्ना खोप लगाइने स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. सङ्गीता मिश्रले जानकारी दिइन्। यी सबै जिल्लामा २ देखि १२ माघमा दोस्रो डोज लगाइनेछ।
स्वास्थ्य मन्त्रालयले १२ वर्षमाथिका दीर्घ रोगीलाई फाइजर खोप लगाइने भएको छ। यसअघि फाइजर खोप अभियान सञ्चालन भएका १९ जिल्ला र सिन्धुली गरी २० जिल्लामा फाइजर खोप अभियान सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।
यी २० जिल्लामा १३ देखि २२ पुसमा फाइजरको पहिलो डोज लगाइनेछ भने ४ देखि १३ माघमा दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मोडर्ना खोप लगाइने जिल्ला:
प्रदेश १ : ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर।
प्रदेश २ : सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा।
बागमती प्रदेश : दोलखा, सिन्धुपाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर।
गण्डकी प्रदेश : गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत।
लुम्बनी प्रदेश : रुकुम पूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया।
कर्णाली प्रदेश : डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान।
सुदूरपश्चिम प्रदेश : बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर।
फाइजर खोप लगाइने जिल्ला :
काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेत।