पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्रीमा कोइराला समूहका पाण्डे निर्वाचित
नेपाली कांग्रेसको पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित भएका छन्।
शुक्रबार सम्पन्न मतगणनामा जीवनबहादुर शाहीलाई २७८ मतले पराजित गर्दै पाण्डे सहमहामन्त्री बनेका हुन्। उनले २४११ मत प्राप्त गरे।
त्यस्तै, सहमहामन्त्रीका अर्का उम्मेदवार शाहीले २१३३ मत प्राप्त गरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। अर्का उम्मेदवार चेतराज बजालले ९९ मत प्राप्त गरेका छन्।
सहमहामन्त्रीमा निर्वाचित पाण्डे डा. शेखर कोइराला समूहका हुन् भने शाही सभापति शेरबहादुर देउवा समूहका हुन्।
कांग्रेसका आठ वटा सहमहामन्त्रीमध्ये तीन वटा बिहीबार नै निर्वाचित भएका थिए। आज गणना गरिएका पाँचमध्ये मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, खस-आर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भइसकेका छन्। अब मधेशी र थारूतर्फको परिणाम आउन बाँकी छ।