सेञ्चुरी कमर्सियल ब्यांकले ६.०५ प्रतिशत लाभांश दिने
सेञ्चुरी कमर्सियल ब्यांक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
२ पुसमा बसेकोे ब्यांक सञ्चालक समितिको ३५२औं बैठकले चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
ब्यांकको असारसम्म रु.९ अर्ब ३ करोड ४४ लाख चुक्ता पूँजी छ। बैठकले यसको ५.७५ बोनस शेयर र कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.३० प्रतिशतले हुन आउने रु.२ करोड ७३ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।