ग्लोबल आइएमईका एनआरएन लक्षित ६ खाता
ग्लोबल आइएमई ब्यांक लिमिटेडले गैरआवासीय नेपाली तथा गैरआवासीय नेपालीद्वारा प्रबद्र्धित विदेशस्थित संस्थालाई लक्षित गरी ६ वटा विदेशी मुद्राका खाता सञ्चालनमा ल्याएको छ।
अमेरिकी डलर, पाउण्ड स्टर्लिङ, यूरो, अष्टे«लियन डलर, चाइनिज युआन र जापानिज येनमा खोल्न सकिने एनआरएन एफसीवाई बचत तथा मुद्दती खातामा आकर्षक ब्याजदर प्रदान गरिने ब्यांकले जनाएको छ। यी खातामा अमेरिकी डलर पाँच हजार न्यूनतम मौज्दात हुनुपर्नेछ।
उक्त खाता सञ्चालकलाई मोबाइल, इन्टरनेट ब्यांकिङ आदिको शुल्कमा छूट तथा खातावाला वा खातावालाको परिवारलाई घर तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा पनि छूट दिइने ब्यांकले जनाएको छ।
अनलाइनबाट खोल्न मिल्ने उक्त खातावालालाई विदेशी मुद्रा सटही गर्नुपरेमा पनि विशेष प्रिमियम प्रदान गरिने ब्यांकको भनाइ छ।