विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित
नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवा समूहका प्रकाशशरण महतलाई पछि पार्दै शर्मा महामन्त्रीमा निर्वाचित भएका हुन्। यसको आधिकारिक घोषणा हुन बाँकी छ। उनी प्रकाशमान सिंह समूहबाट महामन्त्रीको उम्मेदवार बनेका हुन्।
उनी २८९ मतगणना गर्न बाँकी छँदै महामन्त्रीमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी महत ३६९ मतले पछाडि छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, २ः४५ बजेसम्म ४३९० मतगणना भएको छ। जसमा गगन थापाले २८२३ र शर्माले १८२४ मत पाएका छन्।
त्यस्तै, महतले १४५५, प्रदीप पौडेलले १३०३, मिनेन्द्र रिजालले ७५३ र राजाराम कार्कीले १०० मत पाएका छन्।
पहिलो र दोस्रो हुने महामन्त्रीमा निर्वाचित हुनेछन्। कांग्रेस महाधिवेशनमा ४६७९ मत खसेको छ। महाधिवेशनमा ४७४३ मतदाता रहेका थिए। आज बिहान १०ः२० बजेदेखि मतगणना शुरू भएको हो।
यसअघि उपसभापतिको पनि सानेपामै मतगणना भएको थियो। उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्।