साउथ वेस्टर्न स्टेट कलेजमा वित्तीय साक्षरता कार्यक्रम
नेपाल ब्यांक लिमिटेडले साउथ वेस्टर्न स्टेट कलेजमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ।
ब्यांकको काठमाडौं ब्यांकिङ कार्यालय र बसुन्धरास्थित साउथ वेस्टर्न स्टेट कलेजको सहकार्यमा विद्यार्थीलाई डिजिटल ब्यांकिङ प्रविधिमा अभ्यस्त गराउने उद्देश्यले कार्यक्रम गरिएको जनाइएको छ।
करीब २०० विद्यार्थी सहभागी कार्यक्रममा डिजिटल वित्तीय साक्षरता सम्बन्धी जानकारी, नेपाल ब्यांकले लागू गरेका विभिन्न सेवा सुविधा, विद्यार्थी लक्षित शुभज्ञान बचत खाता लगायत बारे जानकारी गराइएको थियो।
८५औं वर्षमा प्रवेश गरेको देशकै पहिलो नेपाल ब्यांक लिमिटेडले ७२ जिल्लाका २१३ शाखा, १५० एटीएम र ४७ एक्सटेन्सन काउन्टर मार्फत करीब २० लाख ग्राहकलाई सेवा दिंदै आएको छ।