ग्लोबल आइएमई ब्यांकले बेलायती संस्था सीडीसीबाट ३ अर्ब ऋण लिंदै
ग्लोबल आइएमई ब्यांक लिमिटेडले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट २५ मिलियन अमेरिकी डलर (करीब ३ अर्ब रुपैयाँ) ऋण लिने भएको छ।
२९ मंसीरमा ब्यांकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा सीडीसी ग्रुपका कन्ट्री रिप्रिजेन्टेटिभ रवि रायमाझीले ऋण सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सीडीसीबाट प्राप्त ऋणले ब्यांकको कर्जा प्रवाह क्षमतालाई सुधार गर्नेछ। ब्यांकले उक्त रकम जलविद्युत्, नवीकरणीय ऊर्जा, पूर्वाधार निर्माण, उत्पादन, कृषि, पर्यटन लगायत क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्ने जनाएको छ।
सीडीसी ग्रुपका प्रबन्ध निर्देशक तथा एशिया प्रमुख श्रीनी नागाराजनले ऋण सहयोगबाट नेपालको आर्थिक पुनरुत्थान र दिगो विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।