२ पुसमा सुदूरपश्चिममा पानी पर्ने सम्भावना
२ पुसमा सुदूरपश्चिम प्रदेशका केही भूभागमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमी वायुसँगै आउने न्यून चापीय प्रणालीको कारण २ पुस बिहानबाट सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने र उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
उक्त प्रणालीका कारण आगामी दिनमा चिसो थप बढ्ने महाशाखाको भनाइ छ। ३ पुसबाट मौसममा सुधार हुनेछ।