एनसीसी ब्यांक २५औं वर्षमा
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) ब्यांक २५औं वर्षमा प्रवेश गरेको छ।
वार्षिकोत्सवको अवसरमा ब्यांकले ९ वटा शाखा कार्यालयमा रक्तदान कार्यक्रम गरेको थियो। यसबाट ५७१ पोइन्ट रगत सङ्कलन भएको ब्यांकले जनाएको छ।
कार्यक्रममा ब्यांकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशराज अर्यालले बजारमा एनसीसी ब्यांकको उपस्थिति बलियो बनाउँदै लैजाने गरी काम गरिरहेको बताए। उनले कर्मचारीलाई इमादारीका साथ काम गर्न आग्रह पनि गरे।
ब्यांकले २५ वर्षदेखि निरन्तर काम गर्ने ५ कर्मचारीलाई सम्मान पनि गरेको छ।
एनसीसी ब्यांकका ७ वटै प्रदेशमा १३७ शाखा, १० एक्सटेन्सन काउन्टर र ११४ एटीएम छन्।