नबिल फेलोसिपका लागि आह्वान
नबिल ब्यांकले ‘नबिल फेलोसिप कार्यक्रम’ को आवेदन खुला गरेको छ।
ब्यांकले आवासीय तालीममा आधारित फेलोसिप त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको स्कूल अफ म्यानेजमेन्टसँगको सहकार्यमा गर्दै आएको छ।
यस अन्तर्गत, एक वर्षसम्मको आवश्यक सहयोग सहित ४० जनालाई संलग्न गराउने ब्यांकले जनाएको छ। ६ महीने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्षभित्रका व्यक्तिलाई उद्यमको शुरूआत गर्न सघाउँछ।
ब्यांकले आवेदन दिएकामध्ये छनोट गरेर उद्यम सम्बन्धी तालिम दिन्छ।