ग्लोबल आइएमई ब्यांकले १३.५ प्रतिशत लाभांश दिने
ग्लोबल आइएमई ब्यांक लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद गरी १३.५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको हो।
ब्यांकले आर्थिक वर्ष २०७७/७८ मा सञ्चालन मुनाफा ७ अर्ब ९ करोड रुपैयाँ र करपछिको मुनाफा ४ अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको थियो।
प्रस्तावित बोनस शेयर वितरण पश्चात् ब्यांकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ।
ब्यांकको खुद मुनाफा आव २०७६/७७ को तुलनामा २०७७/७८ मा ४३.२० प्रतिशतले वृद्धि भई ४ अर्ब १६ करोड रुपैयाँ पुगेको हो।
ग्लोबल आइएमई ब्यांकले २ खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप सङ्कलन गर्नुका साथै २ खर्ब ७० अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ।