शेयर बजार ६ प्रतिशत बढ्यो, सर्किट लागेर कारोबार बन्द
मंगलबार शेयर बजार परिसूचक (नेप्से)ले ६.०१ प्रतिशतको छलाङ मारेको छ।
कारोबार शुरू भएको साढे दुई घण्टामै उच्च अङ्कको वृद्धि भएपछि १ः२६ मिनेटमा कारोबार बन्द भएको हो।
मंगलबार २२८३.६७ बिन्दुबाट शुरू भएको बजार २४१८.८५ बिन्दुमा पुगेर रोकिएको हो। आज करीब ५ दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
यसअघि १२ बजेर ३८ मिनेटमा ५ प्रतिशत बढेर सर्किट लागेको थियो। त्यसपछि बजार ४० मिनेटसम्म स्थगित भएर खुलेको थियाे।