सभापतिमा देउवालाई निधिको पनि समर्थन
नेपाली कांग्रेसको सभापतिमा विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्।
मंगलबार बिहान निधिलाई भेट्न देउवा उनकै निवासमा पुगेका थिए। दुवै नेताबीच भएको छलफलपछि निधिले देउवालाई समर्थन गर्ने जनाएका छन्।
यसअघि प्रकाशमान सिंहले पनि देउवालाई समर्थन गर्ने जनाएका थिए। सिंहलाई भेट्न देउवा उनकै निवासमा पुगेका थिए।
देउवासँगको छलफलपछि निधिले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै भने, “मैले उहाँलाई भनिसके, तपाईलाई पूरै समर्थन गर्छु।”
उनले आफू समर्थित नेता तथा कार्यकर्तालाई पनि देउवालाई समर्थन गर्न आह्वान गरेका छन्। “म सबै सार्थीहरूलाई बिना सर्त पार्टी सभापतिमा देउवालाई समर्थन गर्न आग्रह गर्दछु,” निधिले भने।
आज बिहान सम्पन्न मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको
आज दिउँसो साढे ३ बजे दोस्रो चरणकाे मतदान शुरू हुनेछ। दोस्रो चरणमा देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ।
पहिलो चरणमा देउवाले २२५८, डा. कोइरालाले १७२९, सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए। त्यस्तै, ७७ मत बदर भयो।
देउवाले ४८.२३, कोइरालाले ३६.९३, सिंहले ७.९२, निधिले ५.३१ र गुरुङले ०.०४ प्रतिशत मत प्राप्त गरे।