हृदयेश त्रिपाठीले गठन गरे नयाँ पार्टी, यस्तो छ अवधारणा
प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले जनता प्रगतिशील पार्टी, नेपाल गठन गरेका छन्।
स्वतन्त्र राजनीतिक समूहको संयोजक रहेका त्रिपाठीले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर नयाँ दल गठन भएको घोषणा गरेका हुन्।
आफ्नो पार्टी नवीन विचार, व्यवहार र कार्यशैलीका साथ चल्ने त्रिपाठीले बताए। उनले संविधान संशोधन र एमसीसीमा राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गरेका छन्। सांसद रेशमलाल चौधरी जेलमा रहनु विडम्बना भएको उल्लेख गरेका छन्।