देउवालाई ८३ मत पुगेन, फेरि मतदान हुने
शेरबहादुर देउवालाई ८३ मत नपुग्दा कांग्रेस सभापतिको निर्वाचन दोस्रो चरणमा गएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, ४६८१ मत खसेको थियो। सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी अर्थात् २३४१ मत आवश्यक थियो।
भर्खरै सम्पन्न मत गणना अनुसार, देउवाले २२५८ मत प्राप्त गरेका छन्। उनलाई सभापतिमा निर्वाचित हुन ८३ मत कम भएको छ।
त्यस्तै, डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गरेका छन्। यसै गरी, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन्।
निर्वाचन समितिका अनुसार, ७६ मत बदर भए। देउवाले ४८.२३, कोइरालाले ३६.९३, सिंहले ७.९२, निधिले ५.३१ र गुरुङले ०.०४ प्रतिशत मत प्राप्त गरे।
कांग्रेस विधान अनुसार, कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा दोस्रो चरणको मतदान हुन्छ। सबैभन्दा बढी मत प्राप्त गर्ने दुई जनाले मात्रै दोस्रो चरणमा प्रतिस्पर्धा गर्न पाउँछन्।
अब देउवा र डा. कोइरालाबीच सभापतिका लागि प्रतिस्पर्धा हुनेछ।