लुम्बिनी विकास ब्यांक र नेपाल पेमेन्ट सोलुसनबीच सम्झौता
लुम्बिनी विकास ब्यांक लिमिटेड र नेपाल पेमेन्ट सोलुसन प्रालिबीच डिजिटल कारोबार सम्बन्धी सम्झौता भएको छ।
सम्झौता अनुसार, लुम्बिनी विकास ब्यांकका ग्राहकले नेपाल पेमेन्ट सोलुसनको लोड वालेट तथा विभिन्न मर्चेन्ट भुक्तानी जस्ता सम्पूर्ण सेवा उपयोग गर्न पाउनेछन्।
सम्झौतामा ब्यांकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन्।
लुम्बिनी विकास ब्यांकका ३० जिल्लामा ७७ शाखा र १७ एटीएम छन्।