सभापति र सहमहामन्त्रीका उम्मेदवार सहित ५७ जनाले लिए उम्मेदवारी फिर्ता (सूची सहित)
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उम्मेदवारी दिएकामध्ये ५७ जनाले फिर्ता लिएका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार तोकिएको समयसम्म एक जना सभापति र एक जना सहमहामन्त्रीका उम्मेदवार सहित ५७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्। युवराज न्यौपानेले सभापति पदको उम्मेदवारी फिर्ता लिएका हुन्। अब सभापतिमा पाँच जना भिड्ने भएका छन्।
त्यस्तै, सहमहामन्त्रीमा उम्मेदवारी दिएका सुरेन्द्रप्रसाद चौधरीले पनि फिर्ता लिएका छन्। अब सहमहामन्त्रीको आठ पदका लागि १९ जनाले प्रतिस्पर्धा गर्नेछन्।
निर्वाचन समितिका अनुसार ५५ जनाले केन्द्रीय सदस्यको उम्मेदवारी फिर्ता लिएका छन्। जसमा जंगीलाल राय (प्रदेश २), संजयकुमार यादव (मधेशी), गोविन्दराज बोहरा (सुदूरपश्चिम), मीन विश्वकर्मा (दलित), सीताराम महतो (मधेशी), जुनाकुमारी दानी (खस आर्य), दीपक अधिकारी (खस आर्य), भीमार्जुन आचार्य (खुला), इन्दिरा थापा (प्रदेश १), गणेशकुमार मण्डल (मधेशी), विना पौडेल (महिला), भक्तबहादुर बलायर (खुला), माया राना (जनजाती), गोपीलाल विक (दलित) र मीनाकुमारी थापा (महिला)ले उम्मेदवारी फिर्ता लिएका छन्।
उम्मेदवारी फिर्ता लिनेमा विष्णु पौडेल (खस आर्य), अनु गुरुङ (जनजाती), शकुन्तला थापा (महिला), महेशकुमार कोर्मोचा (आदिवासी), सिंहबहादुर राना (जनजाती), संगीता मण्डल (खुला), सीता पौडेल (प्रदेश १), कमलप्रसाद भुसाला (लुम्बिनी), उमेशकुमार बस्नेत (खस आर्य), माधवप्रसाद आचार्य (लुम्बिनी), केशवबहादुर चन्द (सुदूरपश्चिम), विमल धमला (दलित), राजुराज जोशी (बागमती), गजेन्द्रबहादुर हमाल (लुम्बिनी), रवीन्द्रमान श्रेष्ठ (खुला), दामोदर भुसाल (खुला), हरिमोहन भण्डारी (खस आर्य), गणेशबहादुर खत्री (अपाङ्गता), लोकप्रसाद संगौला (खस आर्य), महेश नेपाली (दलित), बाला अधिकारी (खुला), मुरारीप्रसाद आचार्य (खुला), डा.खगेन्द्र पाण्डव अधिकारी (खुला), देवराज भट्टराई (अपाङ्गता) र टेकनारायण महतो (थारु) रहेका छन्।
यसैगरी, केन्द्रीय सदस्यको उम्मेदवारी दिएका राजेन्द्र सैजवाल (मधेशी), पार्वती शाह (खस आर्य), इस्तियाक मोहमह खाँ (मुस्लिम), वीरवल राई (प्रदेश १), केवश थापा (खुला), माया क्षेत्री बराल कार्की (खस आर्य), भूमिप्रसाद राजवंशी (आदिवासी), प्रकाश महर्जन (आदिवासी), रोहित विश्वकर्मा (दलित), टेकनारायण पाण्डे (अपाङ्गता), देवप्रसाद चौधरी (थारु), उत्तरुप्रसाद चापागाई (खुला), युवराज गुरुङ (आदिवासी), तिलकप्रसाद सुब्बा (आदिवासी जनजाती) र राजेन्द्रबहादुर गोर्खाली (खुला) ले फिर्ता लिएका छन्।
अब पदाधिकारीसहित १३४ पदका लागि ४९१ जना उम्मेदवार रहेका छन्। आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने भोलि बिहान ८ बजेदेखि मतदान हुनेछ।