रामचन्द्र पौडेलले भने- प्रतिस्पर्धाको मैदान छोड्न पर्ने अवस्थामा पुगेँ
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति पदमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्।
कांग्रेसको १४औं महाधिवेशनमा उम्मेदवारी दर्ता गर्ने समय सकिँदै केही घण्टा बाँकी रहँदा वरिष्ठ नेता पौडेलले प्रतिस्पर्धाबाट अलग रहने घोषणा गरेका हुन्। पौडेलले भनेका छन्, “पार्टीभित्र अहिले जुन परिस्थिति निर्माण भइरहेको छ, त्यो सन्दर्भमा मैले १४औं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको छु।”
उनले कांग्रेसमा विचल्लन आइरहेको औल्याएका छन्। पार्टी सत्ताको भर्यााङमा मात्रै सीमित भएको उनको भनाइ छ।
अहिलेसम्म आफूले थुप्रै प्रपञ्च भोगेको उनले खुलाएका छन्। “१४औं महाधिवेशनसम्म आइपुग्दा मैले अनेक प्रपञ्ज भोगेको छु,” पौडेलले भनेका छन्, “प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अंगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्न पर्ने अवस्थामा म पुगेँ।”