राजनीति गर्ने भए राजाले नयाँ पार्टी खोले हुन्छ : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजालाई राजनीति गर्ने भए पार्टी खोलेर आउन सुझाव दिएका छन्।
शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अब सयम अघि बढिसकेको बताए। “फेरि शिर उठाउने दुस्साहस नगर्नुस्। नदीको प्रभाह अगाडि बढिसकेको छ,” नेपालले भने, “अब राजतन्त्रको कुनै भविष्य छैन, कुनै सम्भावना छैन।”
उनले राजनीति गर्ने भए पार्टी खोलेर आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरे। “राजनीति गर्ने भए राजाले पनि नयाँ पार्टी खोले हुन्छ,” नेपालले भने, “नत्र ब्यापार गरेर बसे हुन्छ।”