कांग्रेस महाधिवेशन प्रारम्भ
नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा प्रारम्भ भएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गरेका छन्। उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेता सहभागी छन्।
चार दिनसम्म चल्ने महाधिवेशनले कांग्रेसको १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ। जसमा सभापति लगायत १२ पदाधिकारी छन्।
कांग्रेस सभापतिका लागि पाँच जनाले र महामन्त्रीका लागि १० जनाले उम्मेदवारी दाबी गरेका छन्।
शनिबार मतदाता नामावली सार्वजनिक गरिने भएको छ भने आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। सोमबार उम्मेदवारी फिर्ता गर्ने समय तोकिएको छ भने मंगलबार मतदान हुनेछ।