नेपाल लाइफको समुन्नत जीवन बीमा योजना
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ बीमा योजना सार्वजनिक गरेको छ।
यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा हो। कम्पनीले डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्करदेखि लेबरसम्मका पेशा अपनाउने व्यक्तिलाई लक्षित गरेर यो योजना ल्याएको जनाएको छ।
यसमा बीमा अवधिभित्र बीमितको दुर्घटनाका कारण मृत्यु भएमा बीमाङ्क रकमको तेब्बर र आर्जित बोनस बीमितले इच्छाइएको व्यक्तिले भुक्तानी पाउन सक्छन्।
यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिले लिन सक्ने कम्पनीले जनाएको छ।