लक्ष्मी ब्यांकका दुई शाखा र एक एक्सटेन्सन काउन्टर स्थापना
लक्ष्मी ब्यांक लिमिटेडले दुई नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ।
ब्यांकले सुनसरीको इनरुवा नगरपालिका वडा नं. १ र मोरङको उर्लाबारी नगरपालिका वडा नं. ५ मा शाखा विस्तार गरेको हो।
साथै, लक्ष्मी ब्यांकले आफ्नो नवौं एक्सटेन्सन काउन्टर जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. ८ स्थित सेपुखोलामा स्थापना गरेको छ।
यससँगै लक्ष्मी ब्यांकको शाखा सञ्जाल ५० जिल्लामा पुगेको छ। १४० शाखा भएको ब्यांकका ९ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर छन्।
यस ब्यांकका १७० एटीएम र २५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६३ शाखा रहित ब्यांकिङ एजेन्ट छन्।