बेल विवाहमा बालापनको उमङ्ग (तस्वीरहरू)
भक्तपुरको चण्डेश्वरी मन्दिरमा मंगलबार सामूहिक बेल विवाह गरिएको छ।
नेवार समुदायमा बालिकाको ईही अर्थात् बेल विवाह गर्ने प्रचलन छ। त्यही प्रचलन अनुसार, मंगलबार भक्तपुर-८ चसुखेलस्थित चण्डेश्वरी मन्दिरमा सामूहिक बेल विवाह गरिएको हो।
दुई दिनसम्म चलेको बेल विवाह समारोहमा स्थानीय बालिका सहभागी थिए। स्थानीय बासिन्दाका अनुसार, बेललाई विष्णुको प्रतीकमा रूपमा लिने गरिन्छ।