नेपाल ब्यांकको वित्तीय साक्षरता कार्यक्रम
नेपाल ब्यांक लिमिटेडले डिजिटल ब्यांकिङ सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं. १० को आयोजना तथा नेपाल ब्यांक लिमिटेड खोपासी शाखाकोे सहकार्यमा बाल आदर्श माविमा वित्तीय साक्षरता कार्यक्रम गरिएको हो।
कार्यक्रममा पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले डिजिटल वित्तीय चेतना अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गरेकोमा नेपाल ब्यांकप्रति आभार प्रकट गरे।
ब्यांकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल ब्यांकले खोपासी क्षेत्रलाई प्राथमिकतामा राखी कार्यक्रम गरिरहेको जानकारी गराए। उनले भने, “यस्ता कार्यक्रमले ब्यांकिङ पहुँच विस्तारसँगै सुरक्षित ब्यांकिङ कारोबारका लागि पनि सघाउँछ।”