ज्योति विकास ब्यांकद्वारा प्रिपेड डलर कार्डको शुरूआत
ज्योति विकास ब्यांकले विदेशी अनलाइन माध्यमबाट खरीद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ।
ग्राहकले प्रिपेड डलर कार्ड अनलाइनबाटै अनुराेध गरी १ दिनभित्र प्राप्त गर्न सक्नेछन्। प्रिपेड डलर कार्ड सेवा शुरू भएसँगै ब्यांकका ग्राहकले स्वदेशमै रहेर अन्तर्राष्ट्रिय ई–कमर्श प्लेटफर्म मार्फत सुरक्षित ढङ्गले किनमेल गरी रकम भुक्तानी गर्न सक्नेछन्।
भिसा नेटवर्कमा आधारित यस कार्ड मार्फत ग्राहकले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको भुक्तानी गर्न सक्नेछन्। डलर कार्ड प्राप्त गर्न केवाईसी विवरण अद्यावधिक गरिएको ब्यांक खातासँगै प्यान कार्ड हुनुपर्नेछ। कार्ड जारी गर्दा ब्यांकले केही शुल्क लिनेछ र पहिलो पटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्था गरेको छ।
यो सुविधा ब्यांकका देशभर रहेका १०५ शाखा कार्यालयबाट र अनलाइनबाट प्राप्त गर्न सकिनेछ।