गुरुराज घिमिरेलाई २ मतले हराउँदै उद्धव थापा विजयी
नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा संस्थापन पक्षका उद्धव थापा विजयी भएका छन्।
संस्थापन इतर पक्षका प्रत्याशी गुरुराज घिमिरेलाई २ मतले पछि पार्दै थापा प्रदेश सभापतिमा विजयी भएका हुन्। गएराति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार, थापाले ८४४ मत र घिमिरेले ८४२ मत पाएका छन्।
थापा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षका तर्फबाट तथा घिमिरे वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोइराला पक्षका तर्फबाट प्रदेश सभापतिमा उठेका थिए। प्रदेश सभापतिमा निर्वाचित थापा कांग्रेस झापाका पूर्व सभापति हुन् भने घिमिरे कांग्रेस केन्द्रीय सदस्य हुन्।
प्रदेश पदाधिकारीमध्ये एकमा बाहेक सबै थापा प्यानलका उम्मेदवार विजयी भएका छन्। उपसभापतिमा टंकप्रसाद राई (८४७) र रमेशजङ्ग रायमाझी (८९१) विजयी भएका छन्।
महामन्त्रीमा उमेश थापा (८२३) र भूपेन्द्र राई (८२४) विजयी भएका छन्। थापा घिमिरे प्यानलबाट विजयी भएका हुन्।
यस्तै, सहमहामन्त्री (महिला)तर्फ प्रमिलाकुमारी गच्छदार (८३७), सहमहामन्त्री (खुला)तर्फ खड्ग फागो (१०२६) र विनोदकुमार बस्नेत (७४७) विजयी भएका छन्।
अन्य पदको मतगणना जारी छ। कुल १ हजार ८ सय ४ मत रहेको प्रदेश निर्वाचनमा १ हजार ७५३ मत खसेको थियो। निर्वाचन समितिबाट घोषणा हुन बाँकी छ।
कसले कति मत पाए?
सभापति
उद्धव थापा : ८४४
गुरुराज घिमिरे : ८४२
उपसभापति
गोविन्दप्रसाद ढुंगाना : ७६५
टंकप्रसाद राई : ८४७
रमेशजङ्ग रायमाझी : ८९१
विश्वनाथ रिजाल : ६६९
महामन्त्री
उमेश थापा : ८२३
दिपनकुमार श्रेष्ठ : ७६४
पद्मसुन्दर पालुङ्वा : ८०७
भूपेन्द्र राई : ८२४
सहमहामन्त्री (महिला)
प्रमिलाकुमारी गच्छदार : ८३७
सीता कार्की : ७३३
सहमहामन्त्री (खुला)
खड्ग फागो : १०२६
रोहितकुमार शाह : ६६५
विनोदकुमार बस्नेत : ७४७
वीरकाजी राई : ६४७
शुभचन्द्र राई : ८४