आइएमई लाइफ इन्स्योरेन्सको च्याटबोट दोस्रो वर्षमा
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले च्याटबोटलाई नयाँ स्वरूपमा लिएर आएको छ।
आइएमई लाइफ डाइरेक्टको नामबाट आएको च्याटबोटले ग्राहक, अभिकर्ता तथा सर्वसाधारणलाई पहिलेभन्दा अझ बढी र गुणस्तरीय सेवा दिने कम्पनीले दाबी गरेको छ।
एक वर्षमा प्रविधिमा आएको परिवर्तन एवं सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै थप सुविधा सहितको च्याटबोट ल्याइएको कम्पनीले जनाएको छ।
च्याटबोटमा आर्टिफिसियल इन्टेलिजेन्स अपनाएर एपमा समेत चल्ने बनाइएको छ।
बितेको एक वर्षमा दैनिक औसतमा ४५० जनाले च्याटबोट प्रयोग गर्ने गरेको र हालसम्म झण्डै १ लाख ७० हजार वटा प्रश्नको जवाफ च्याटबोटबाट दिइएको छ।