राजेन्द्र लिङदेनलाई बधाई दिँदै कमल थापाले भने- निर्मल निवासको नाङ्गो हस्तक्षेपको भर्त्सना गर्दछु
राप्रपा अध्यक्ष पदका प्रत्याशी कमल थापाले हार स्वीकार गरेका छन्। उनले अर्का प्रत्याशी राजेन्द्र लिङदेनलाई बधाई दिएका छन्।
थापाले सामाजिक सञ्जाल फेसबूक मार्फत हार स्वीकार गरेका छन्। उनले भनेका छन्, ''प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना।''
थापाले भनेका छन्, ''प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरूमा आभारी छु।''
उनले पूर्व राजा ज्ञानेन्द्र शाहको विरोध गरेका छन्। शाहले हस्तक्षेप गरेको आरोप लगाएका छन्। थापाले भनेका छन्, ''पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भर्त्सना गर्दछु।''
उनले थपेका छन्, ''सिङ्गो मुलुक गणतन्त्रमय भएको वेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिंडेको पुरस्कार आज पाइयो। सो अजेन्डाको मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।
हार्दिक शुभ-कामना।''