बागमतीमा भीमसेनदास प्रधान र जगदीशनरसिंह केसी भिड्दै
नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा भीमसेनदास प्रधान र जगदीशनरसिंह केसीबीच प्रतिस्पर्धा हुने भएको छ।
बागमतीमा प्रधान र केसी प्रदेश सभापतिका लागि उम्मेदवार बन्ने भएका छन्। प्रधान कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट उम्मेदवार बन्न लागेका हुन्।
त्यस्तै, केसी संस्थापन इतर पक्षबाट प्रदेश सभापतिमा लड्ने भएका छन्। उनलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गगन थापा र अर्जुननरसिंह केसीको समर्थन छ। उनी नुवाकोट कांग्रेसका पूर्व सभापति हुन्।
पूर्व रक्षामन्त्री प्रधान संविधानसभा सदस्य हुन्। सांसद प्रधान प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं ६ बाट निर्वाचित भएका थिए।
जनसंख्या र महाधिवेशन प्रतिनिधिको सङ्ख्याको हिसाबले बागमती प्रदेशको चुनावलाई कांग्रेसभित्र महत्त्वका साथ हेरिएको छ।
सातै प्रदेशमा बिहीबार कांग्रेसको प्रदेश अधिवेशन शुरू भएको छ। तीन दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।