मुक्तिनाथ विकास ब्यांकका ग्राहकलाई नारायणी सेन्ट्रल अस्पताल र देव कर्नरमा छूट
मुक्तिनाथ विकास ब्यांक लिमिटेडले भिसा डेबिट कार्डवाहक तथा मोबाइल ब्यांकिङ ग्राहकका लागि छूट सुविधा ल्याएको छ।
ब्यांकले वीरगञ्जमा रहेको नारायणी सेन्ट्रल अस्पताल र काठमाडौंस्थित देव कर्नर ज्वेलरीसँग व्यावसायिक सम्झौतामा हस्ताक्षर गरेको हो।
सम्झौता अनुसार, अस्पतालका सेवा जस्तै– बेड चार्ज, रेडियोलोजी, इन्भेस्टिगेसन, डाक्टर कन्सल्टेसन जस्ता सुविधामा १५ प्रतिशतसम्म छूट हुनेछ।
साथै, देव कर्नरमा ३० प्रतिशतसम्म छूटको सुविधा पाइनेछ। छूट पाउन मुक्तिनाथ विकास ब्यांकको कार्ड वा मोबाइल ब्यांकिङ मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ।