लक्ष्मी ब्यांकको डिजिटल डिसेम्बरको तेस्रो संस्करण
लक्ष्मी ब्यांकले आफ्नो वार्षिक योजना डिजिटल डिसेम्बरको तेस्रो संस्करण लिएर आएको छ।
डिजिटल डिसेम्बरको योजनाले विभिन्न पुरस्कार र छूटको माध्यमद्वारा ग्राहकलाई प्रविधिको प्रयोग गर्न प्रोत्साहन गर्दछ। ब्यांकका अनुसार, एक महीने अभियानको उद्देश्य ग्राहकहरूलाई डिजिटल ब्यांकिङ सेवामा दर्ता तथा सक्रिय गराई तिनको प्रयोग गर्न आकर्षित गर्नु हो।
डिजिटल डिसेम्बरको यस संस्करण क्यूआर भुक्तानीको प्रवर्द्धन गर्नमा केन्द्रित छ। योजना अन्तर्गत, डिजिटल डिसेम्बरभरि हरेक हप्ता ३ क्यूआर व्यवसायीले रु.५ हजार नगद पुरस्कार जित्न सक्नेछन्।
प्रत्येक दिन ५ जना क्यूआर भुक्तानी गर्ने ग्राहकले रु.५०० सम्मको ५० प्रतिशत क्यासब्याक जित्न सक्नेछन्। साथै, योजना अवधिभर मोबाइल मनी मार्फत रु.१ हजारभन्दा बढीको कारोबार गर्ने ग्राहकमध्ये ५०० जना ग्राहकले डिसेम्बर महीनाको अन्त्यमा रु.५०० क्यासब्याक पाउन सक्नेछन्।