ओली दोस्रो पटक अध्यक्षमा निर्वाचित, कसले कति मत पाए?
नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका छन्।
मंगलबार सम्पन्न निर्वाचनमा भीम रावललाई पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन्। एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार, ओलीले १८३७ मत पाएका छन् भने रावलले २२३ मत पाएका छन्।
निर्वाचनमा २०९६ मत खसेको थियो। जम्मा २१५३ मतदाता थिए।
एमाले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य १९७६, सुरेन्द्र पाण्डे १९२५, सुवास नेम्वाङ १८६५, विष्णु पौडेल १८५६, युवराज ज्ञवाली १८४२ र रामबहादुर थापा १७६८ मत पाएर विजयी भएका छन्।
उपाध्यक्षका उम्मेदवार घनश्याम भुसालले ७२५ मत पाएका छन्। उपाध्यक्षको ६ पदका लागि सात जना उम्मेदवार थिए।
त्यस्तै, महासचिव शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन्। उपमहासचिवमा पनि प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन्।
सचिवमा गोकर्ण विष्ट १९७४, योगेश भट्टराई १९६०, टोपबहादुर रायमाझी १८०४, छविलाल विश्वकर्मा १८०३, पद्मा अर्याल १७९९, लेखराज भट्ट १७०४ र रघुवीर महासेठ १५०० मत प्राप्त गरेर विजयी भएका छन्।
सचिवका उम्मेदवार भीमप्रसाद आचार्यले ७८८ र टंकप्रसाद कार्कीले ५५९ मत प्राप्त गरेका छन्। सचिवको सात पदमा नौ जना उम्मेदवार थिए।
केन्द्रीय सदस्य (खुला)ले पाएकाे मत :
अग्नि खरेल : १७८४, अच्युत मैनाली : १७६३, अरुण नेपाल : १७८४, कपिलदेव पोखरेल : १५७७, कमल चौलागाईं : १७४०, कर्णबहादुर थापा : १७०५, काशीनाथ अधिकारी : १८०६, किरण गुरुङ : १८११, किरण पौडेल : १६४४, किशोरविक्रम मल्ल : १७८७, कुमार दशौंदी : १६५०, कृष्णगोपाल श्रेष्ठ : १७४५, कृष्णप्रसाद दाहाल : १७११, कृष्णप्रसाद पौडेल : १६७७, कृष्णबहादुर थापा : १७२६, खगराज अधिकारी : १७९७, खड्गबहादुर खड्का : १५८८, खिमलाल भट्टराई : १७६९, गणेश पहाडी : १७८१, गणेश ठगुन्ना : १७३५, गिरिधारीलाल न्यौपाने : १६२९, गुरु बराल : १७३०, गोकुल बास्कोटा : १७१२, गोरखबहादुर बोगटी : १७५०, गोविन्द थापा : १६०८, घनश्याम पाण्डे : १७२७, घनश्याम भुसाल : १२६५, चेतनारायण आचार्य : १६५०, चन्द्रबहादुर खड्का : १६६२, जगन्नाथ थपलिया : १७१६, जीवन घिमिरे : १७२२, झपट रावल : १७२५, ठाकुर गैरे : १८३२, राजन भट्टराई : १७५९, दधिराम न्यौपाने : १६४१, दयालबहादुर शाही : १७१५, दल रावल : १६७२, दिवाकर देवकोटा : १६२७, देवराज घिमिरे : १७५२, देवी ज्ञवाली : १८७७, देवेन्द्र दाहाल : १७०३, नरबहादुर धामी : १७१८, नवराज रावत : १७०४, नारायण सिलवाल : १६४४, निर्मल भट्टराई : १४८०, पठानसिंह बोहोरा : १६४४, परशुराम मेघी गुरुङ : १७८३, पार्वत गुरुङ : १७९७, पुरुषोत्तम पौडेल : १८०६, प्रकाश शाह : १७१४, बलराम अधिकारी : १६९०, बालकृष्ण ढुंगेल : १६६६, भानुभक्त ढकाल : १७९९, भीम आचार्य : १३९३, भीम कार्की : १५९२, भीम रावल : ९०४, मणि थापा : १६९१, मनोजजंग थापा : १५४२, महेश बस्नेत : १७२५, माधव अर्याल : १६६९, यज्ञराज सुनुवार : १७५२, यमलाल कँडेल : १७२०, रघुजी पन्त : १७२५, रविन कोइराला : १६०४, रवीन्द्र अधिकारी : १६९६, राजबहादुर बुढा : १६००, राम राना : १५४६, राजीव पहारी : १६३६, रामशरण बस्नेत : १५९३, रामेश्वर फुँयाल : १६९६, राजेन्द्र गौतम : १६३९, रोमनाथ ओली : १५२७, लक्ष्मणराज ज्ञवाली : १५४९, लक्ष्मी पोखरेल : १४६३, विनोद ढकाल : १५६१, शिवराज सुवेदी : १४११, शेरबहादुर तामाङ : १७१०, शेरधन राई : १६५६, श्रीप्रसाद जबेगू : १३४४, सञ्जीव झा : १२६८, सूर्य ढकाल : १४२३, सूर्य थापा : १४८५, सोम मिश्र : १४९४, हिक्मत कार्की : १५८९।
कसले कति मत पाए?