एमाले सचिवमा भीम आचार्य र टंक कार्की पराजित
नेकपा (एमाले)को सचिवमा भीमप्रसाद आचार्य र टंकप्रसाद कार्की पनि पराजित भएका छन्।
सात सचिवका लागि भएको निर्वाचनमा केपी शर्मा ओलीको टीमकै नेता निर्वाचित भएका छन्। एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार, सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन्।
गोकर्ण विष्टले १९७६, योगेश भट्टराईले १९६४, पद्मा अर्यालले १८००, छविलाल विश्वकर्माले १८००, लेखराज भट्टले १७०४, टोपबहादुर रायामाझीले १७०० र रघुवीर महासेठले १५१३ मत पाएका छन्।
सचिवमा पराजित भीम आचार्यले १३०० र टंकप्रसाद कार्कीले ५०० मत पाएकाे निर्वाचन आयोगले जनाएकाे छ। ओलीकाे टीममा नपरेका आचार्य र कार्कीले पनि उम्मेदवारी दिएका थिए।
उपाध्यक्षमा पनि ओलीकै टीमका नेता निर्वाचित भएका छन्। ओलीको टिम बाहिरबाट उम्मेदवारी दिएका घनश्याम भुसाल पराजित भएका छन्।