मातातीर्थ वृद्धाश्रमलाई ज्योति विकास ब्यांकको सहयोग
ज्योति विकास ब्यांकले चन्द्रागिरि नगरपालिका-६ मा रहेकाे मातातीर्थ वृद्धाश्रममा आश्रित वृद्धाहरूलाई न्यानो कपडा प्रदान गरेको छ।
आश्रममा आयोजित कार्यक्रममा ज्योति विकास ब्यांकका सहायक महाप्रबन्धक रामहरि आचार्य, काठमाडौं उपत्यका क्षेत्रीय कार्यालय प्रमुख दिलीपराज बराल र ब्यांकका बलम्बु शाखा प्रबन्धक प्रकाश श्रेष्ठले न्यानो कपडा हस्तान्तरण गरेका हुन्।
ब्यांकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको 'हाम्रो विकास प्रवर्द्धन कोष' मार्फत आश्रित वृद्धाका लागि बढ्दै गएको चिसो मौसमका लागि उपयुक्त न्यानो कपडा सहयोग गरेको हो।
'हाम्रो विकास प्रवर्द्धन कोष' मार्फत ज्योति विकास ब्यांकले विभिन्न सामाजिक संस्था तथा नागरिकसँग प्रत्यक्ष जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्य गर्दै आएको छ।
ज्योति विकास ब्यांकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आएको छ।