यी हुन् ओलीले छानेका १९ पदाधिकारी
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १९ जना पदाधिकारी छानेका छन्। जसमा नेता भीम रावल र घनश्याम भुसाल अटाएका छैनन्।
एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा गएराति अध्यक्ष ओलीले ३०१ सदस्यीय केन्द्रीय सदस्यसँगै १९ जना पदाधिकारीको नाम पनि सुनाएका हुन्। जसमा आफूलाई अध्यक्षमा राखेका छन्।
त्यस्तै, ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष र शंकर पोखरेललाई महासचिव चुनेका छन्। वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका सुवासचन्द्र नेम्वाङलाई उपाध्यक्षमा राखेका छन्।
महासचिवमा दाबी गर्दै आएका विष्णु पौडेललाई पनि उपाध्यक्षमा राखेका छन्। त्यस्तै, रामबहादुर थापालाई पनि उपाध्यक्ष चुनेका छन्।
ओलीले छानेको पदाधिकारीको सूची:
अध्यक्षः केपी शर्मा ओली।
वरिष्ठ उपाध्यक्षः ईश्वर पोखरेल।
उपाध्यक्ष: युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङ।
महासचिवः शंकर पोखरेल।
उपमहासचिव: प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल।
सचिव: टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल।