नयाँ नेतृत्व चयन गर्नुअघि एमाले महाधिवेशनस्थलमा अध्यक्ष मण्डलको बैठक
नेकपा (एमाले)को जारी दशौं महाधिवेशनमा अध्यक्ष मण्डलको बैठक शुरू भएको छ।
महाधिवेशनको अन्तिम दिन आइतबार राति दश बजे बैठक शुरू भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुअघि अध्यक्ष मण्डलको बैठक बसेको हो।
एमालेले बन्द सत्रका लागि केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा सदस्य रहेको अध्यक्ष मण्डल गठन गरेको थियो।
१० मंसीरमा चितवनमा शुरू महाधिवेशन नयाँ नेतृत्व चयन गरेर समापन हुँदै छ।