कांग्रेसको निर्वाचन समितिबाट यादवले दिए राजीनामा
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले राजीनामा दिएका छन्।
वरिष्ठ अधिवक्ता यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका हुन्। उनले स्वास्थ्यको कारण देखाई राजीनामा दिएको कांंग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए।
निर्वाचन समितिबाट यादवले दिएको राजीनामा सभापति देउवाले स्वीकृत गरेका छन्। उनलाई अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिएका छन्।
यससँगै सभापति देउवाले केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई मनोनयन गरेको कांग्रेसका कार्यवाहक मुख्यसचिव पराजुलीले जानकारी दिए। वरिष्ठ अधिवक्ता घिमिर निर्वाचन समितिको सदस्य रहेका थिए।