एमाले महाधिवेशनको बन्द सत्र स्थलमा चलहपहल (तस्वीरहरू)
नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र स्थलमा बिहानैदेखि नेता तथा कार्यकर्ताको चहलपहल बढेको छ।
चितवनको सौरहास्थित होटल सेभेन स्टार परिसरमा बन्द सत्र सञ्चालन गर्ने व्यवस्था गरिएको छ। शनिबार बिहानैदेखि बन्द सत्र स्थलमा भीड लागेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरू छलफलमा जुटेकाले बन्द सत्र शुरू हुन सकेको छैन। सहमतिका लागि प्रयास भइरहेको एमाले नेताहरूले जनाएका छन्।