कम्युनिष्टबीच एकता र ध्रुवीकरण आवश्यक छ : पोखरेल
नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले कम्युनिष्ट पार्टीबीच एकता र ध्रुवीकरण आवश्यक रहेको बताएका छन्।
नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै नेता पोखरेलले केही भिन्नताका कारण एमाले र माओवादी अलग भएको बताएका छन्।
“हामीले केही समय सहकार्य गरेका थियौं,” पोखरेलले भने, “केही भिन्नता र मान्यताले अलग भएका छौं।”
देश र जनताका लागि फेरि एक हुनुपर्ने उनको भनाइ थियो। “राष्ट्र निर्माणका लागि सहमति र सहकार्य अनिवार्य छ,” नेता पोखरेलले भने, “अझ कम्युनिष्ट पार्टीबीच एकता र ध्रुवीकरण आवश्यक छ।”