राज्यका निकाय निष्क्रिय र निष्प्रभावी भएका छन् : यादव
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अहिले राज्यका प्रमुख निकाय निष्क्रिय रहेको बताएका छन्।
शुक्रबार चितवनमा आयोजित नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै अध्यक्ष यादवले राज्यका निकाय प्रभावकारी हुन नसकेको बताएका हुन्।
“अहिले राज्यका प्रमुख निकाय निष्क्रिय र निष्प्रभावी भएका छन्,” यादवले भने, “अब सबै मिलेर राज्यका प्रमुख निकायलाई प्रभावकारी बनाउनुपर्छ।”
उनले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन सबैले मिलेर अघि बढ्नुपर्ने बताए। यसका लागि एमालेको राष्ट्रिय महाधिवेशनले सुखद शुरूआत गर्ने उनको भनाइ थियो।