बालुवाटारमा नागरिक समाजको मार्च (तस्वीरहरू)
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नागरिक समाजले सर्वोच्च अदालतबाट प्रधानमन्त्री निवास बालुवाटारसम्म मार्च गरेको छ।
नागरिक समाजको अगुवाइमा कानून व्यवसायी, बुद्धिजीवी तथा सर्वसाधारणले मार्च गरेका हुन्। उनीहरूले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन माग गरेका छन्।
प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भागबण्डा खोजेको भन्दै एक महीनादेखि कानून व्यवसायी आन्दोलनमा छन्। कानून व्यवसायीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन नागरिक समाजले मार्च गरेको हो।