मोबाइल एप्लिकेशन चलाउन ग्लोबल आइएमईको डाटा सुविधा
ग्लोबल आइएमई ब्यांक लिमिटेडले मोबाइल ब्यांकिङ एप्लिकेशन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निःशुल्क डाटा उपलब्ध गराउने भएको छ।
यो सुविधा नेपाल टेलिकमको सिम भएका ग्राहकलाई उपलब्ध हुने ब्यांकले जनाएको छ।
निःशुल्क डाटा उपलब्ध गराउने विषयमा ग्लोबल आइएमई ब्यांक लिमिटेड र नेपाल टेलिकमबीच सम्झौता भएको छ। सम्झौतामा ब्यांकका बजार तथा व्यवसाय प्रवर्द्धन प्रमुख शान्ता शिवाकोटी र नेपाल टेलिकमका तर्फबाट प्रमुख व्यापार अधिकृत संगीता पहाडीले हस्ताक्षर गरेका छन्।
ब्यांकले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम र २६३ शाखारहित सेवा सञ्चालन गरिरहेको छ।