सर्वोच्चमा १५ मंसीरबाट गोलाप्रथा प्रक्रियाबाट पेसी तोकिने
सर्वोच्च अदालतमा १५ मंसीरबाट गोलाप्रथा प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ।
बिहीबार बसेको सर्वोच्च अदालतका न्यायाधीशको पूर्ण बैठकले १५ मंसीरबाट गोलाप्रथा प्रक्रियाबाट पेसी तोकी मुद्दाको सनुवाइ गर्ने निर्णय गरेको हो। सर्वोच्चका न्यायाधीश र नेपाल बार एसोसिएशनले पनि गोलाप्रथा प्रक्रियाबाट मुद्दाको पेसी तोकी सुनुवाइ गर्नुपर्ने माग गर्दै आएका थिए।
न्यायाधीश र कानून व्यवसायीको आन्दोलनका कारण ८ कात्तिकदेखि सर्वोच्चमा न्याय सम्पादन प्रक्रिया प्रभावित छ। कानून व्यवसायीले भने प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आएका छन्।