तस्वीरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
महिला विरूद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान प्रारम्भ भएको छ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन बिहीबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ। यस वर्ष ‘घरैबाट शुरू गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नारा दिएर १६ दिने अभियान मनाउन थालिएको छ। यो अभियानका लागि अन्तर्राष्ट्रिय रूपमा भने ‘ओरेन्ज द वर्ल्ड’ नारा दिइएको छ।
संसारभर २५ नोभेम्बरदेखि ८ डिसेम्बरसम्म यो अभियान मनाउने गरिन्छ। नेपालमा पनि विभिन्न संघसंस्थाले यो अभियान मनाउँदै आएका छन्। यसै क्रममा बिहीबार बिहान माइतीघर मण्डलमा विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरिएको छ।