बागमती प्रदेशबाट एमालेका ३२७ महाधिवेशन प्रतिनिधि चयन (सूची सहित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औं महाधिवेशनका लागि बागमती प्रदेशका १३ जिल्ला र अन्य सङ्गठनबाट ३२७ जना प्रतिनिधि चयन भएका छन्।
महाधिवेशनका लागि भक्तपुरबाट १७ जना, सिन्धुलीबाट ३१ जना, काभ्रेपलाञ्चोकबाट ३४ जना र ललितपुरबाट १८ जना चयन भएका छन्। रामेछापबाट २६, धादिङबाट २२, चितवनबाट २८, मकवानपुरबाट १७ र दोलखाबाट २३ जना प्रतिनिधि चयन भएको एमालेले जनाएको छ।
यसैगरी, सिन्धुपाल्चोकबाट ३१, रसुवाबाट ७, काठमाडौंबाट ४६ र नुवाकोटबाट १९ जना प्रतिनिधि छानिएको एमाले बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए।
एमाले बागमती प्रदेश कमिटीबाट ५ जना, बागमती प्रदेश मजदूर क्षेत्रबाट ७ र बागमती प्रदेश सम्पर्क मञ्चबाट ६ जना चयन गरिएको पोखरेलले बताए।
प्रदेश कमिटीबाट शान्ति अधिकारी (काठमाडौं), अप्सरा चापागाईं (ललितपुर), अनन्त पौडेल (मकवानपुर), लालकुमार केसी (दोलखा) र पूर्ण बुढा मगर (चितवन) चयन भएका छन्।
बागमती प्रदेश मजदूर क्षेत्रबाट रामहरि नेपाल, उद्धव केसी, इन्दिरा सुवेदी, अर्जुन अर्याल, पूर्णकुमारी कार्की, बेलीमैया घले र दानबहादुर बिमली महाधिवेशन प्रतिनिधि बनेका छन्।
हेर्नुस् सूची