ब्रिटिश एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त द ब्रिटिश कलेज (टीबीसी)को सातौं दीक्षान्त समारोह सम्पन्न भएको छ।
ब्रिटिश एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीमा लिड्स बेकेट युनिभर्सिटी (एलबीयू) तथा द युनिभर्सिटी अफ वेस्ट इङ्ल्यान्ड (यूडब्लूई)को सम्बन्धनमा अध्ययनरत विद्यार्थी दीक्षित भएका हुन्।
कोरोना महामारीको कारण गत वर्षको दीक्षान्त समारोह भर्चुअल रूपमा गरिएको थियो। यो वर्ष भने सुरक्षाका मापदण्ड पूरा गरेर भौतिक उपस्थितिमै समारोहको आयोजना गरिएको हो।
भीडभाड कम गर्न बिजनेशका विद्यार्थीको बिहान र आईटीका विद्यार्थीका लागि दिउँसो समारोह गरिएको कलेजले जनाएको छ।
समारोहमा स्नातक तथा स्नातकोत्तर तहका ४१९ जना विद्यार्थी दीक्षित भएका छन्।
कलेजका सल्लाहकार जोन एडवर्ड होलिस्टर मोन्टागु, माइकल रुटल्यान्ड, प्राध्यापक फर्गस लियोन लगायतले समारोहलाई भर्चुअल रूपमा सम्बोधन गरेका थिए।
त्यस्तै, युनिभर्सिटी अफ वेस्ट इङ्ल्यान्डका भाइस चान्सलर स्टीभ वेस्ट, लिड्स बेकेट युनिभर्सिटीका प्राध्यापक जिनकिए, ब्रिटिश कलेजका सहप्राचार्य डा. मेरी बिशपले मन्तव्य राख्दै दीक्षित विद्यार्थीलाई बधाई दिएका थिए।